'माग्ने राजा'को टिजर दर्शकलाई कौतुहलता सिर्जना गर्न सफल भयो : निर्देशक लामिछाने
सारांश
- सोमबार सार्वजनिक 'माग्ने राजा' को टिजरले दर्शकको मन जितेको छ।
- निर्देशकका अनुसार, टिजरले सिनेमाप्रति उत्सुकता जगाएको छ र १० लाख दर्शक पाइसकेको छ।
- केदार घिमिरे मुख्य भूमिकामा रहेको यो सिनेमा भदौ ६ गते प्रदर्शन हुँदैछ।
काठमाडौँ । गत सोमबार सार्वजनिक भएको 'माग्ने राजा'को टिजर यतिवेला चर्चामा छ । टिजरमा राखिएको संवादलाई दर्शकले रुचाएका छन् ।
टिजरले कौतुहलता जगाउन सफल भएको चलचित्रका निर्देशक ऋषि लामिछाने बताउँछन् । तीन दिनमा १० लाख दर्शक पाउनुलाई सिनेमाले कमाएको विश्वासको रूपमा ग्रहण गरेको उनले बताए ।
निर्देशक लामिछानेले सिनेमा हास्य विधामा निर्माण भएको र टिजरले सिनेमालाई लिएर कौतुहलता सिर्जना गर्न सकेको आभास भएको बताए ।
‘टिजरको काम टिज गर्ने अर्थात् दर्शकलाई सिनेमाप्रति उत्सुक बनाउने हो । टिजरले त्यो गरेको छ । केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्ने चुनौती लिइरहँदा, दर्शकको स्वीकारोक्तिलाई लिएर दुविधाहरु थिए । तर टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौँ,’ लामिछानेले भने ।
उनले पनि सिनेमाको मुख्य कथा माग्नेको चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामाग्रीमा उनकै चरित्रले स्थान पाउने बताए ।
आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको टिजरले दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएको छ । मुनाल घिमिरेको लगानीमा बनेको सिनेमामा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले छायाङ्कन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण