बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सबै निजीकरण गर्दै जाँदा भोलि सिंहदरबार नै विदेशीलाई सञ्चालन गर्न दिने दिन आउँछः सांसद सुवाल

आइतबार, २२ असार २०८२, १० : ४९
आइतबार, २२ असार २०८२

सारांश

  • नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवाको शेयर विक्री नगर्ने प्रस्तावको माग गरे।
  • उनले हवाई सेवा प्राधिकरण विधेयकमा निजीकरणको बाटो खुला गरिएको भन्दै चिन्ता व्यक्त गरे।
  • सांसद सुवालले सरकारले केही गर्न नसक्ने भन्दै विधेयकको आलोचना गरे।

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवाको शेयर निष्कासन वा विक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् । 

आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताए । सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने भन्दै उनले चिन्ता प्रकट गरे ।  

सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने झैँ विधेयक ल्याइएको भन्दै यो ठिक नभएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप