युनुश अन्सारीलाई अदालतमा पेस गरियो
सारांश
- नक्कली भारतीय नोट मुद्दामा ६ वर्ष जेल परेका युनुश अन्सारीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा पेश गरियो।
- अन्सारी नेशनल टेलिभिजनको अध्यक्ष हुँदा ११ करोड ६२ लाख रुपैयाँ जम्मा र ११ करोड ३७ लाख भुक्तानी भएको देखियो।
- अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो र १५ वर्षसम्म कैद सजायको माग गरिएको छ।
काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटेलगत्तै पक्राउ परेका युनुश अन्सारीलाई प्रहरीले अदालतमा पेस गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा बयानका लागि पेसी तोकिएसँगै उनलाई प्रहरीले आइतबार अदालतमा पेस गरेको हो ।
२०७६ जेठ १० मा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।
सो प्रकरणमा सजाय भुक्तानीपछि अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेरि नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो ।
सीआईबीबो अनुसन्धान प्रतिवेदनका आधारमा गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिसको छ । नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो । खातामा भएका कारोबार हेर्दा अस्वभाविक कारोबार देखिएकाले अन्सारीले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।
अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो मागदाबी र बढीमा १५ वर्षसम्म कैद सजायको माग गरिएको छ । अन्सारीसहित उनकी श्रीमती सालमा खातुन, सर्लाहीकी प्रमिला अधिकारी र बाराका शुभेश्वर प्रसाद कुश्वाहलाई पनि प्रतिवादी बनाइएको छ । अन्सारीलाई पक्राउ गरी अदालतमा पेस गरिएकोमा अन्यलाई भने फरार प्रतिवादी कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण