लागू औषधसहित दुई युवक पक्राउ
सारांश
- रौतहटको जंगलशैया-सिम्री सडक खण्डमा सशस्त्र प्रहरीले लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बाराका नव बहादुर वाइबा र दावा योञ्जन रहेका छन्, जसले झोलामा लागू औषध लुकाएका थिए।
- प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागू औषध बरामद गरेको छ र आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ।
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलशैया–सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागू औषधसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
शनिवार साँझ ६:१५ बजेमा सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई जनाको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका–८ निवासी १८ वर्षीय माइला भनिने नव बहादुर वाइबा र सोही ठाउँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए। उनीहरूले झोलामा लुकाइछिपाई लागू औषध बोकेको अवस्थामा प्रहरीले फेला परेको हो ।
उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस ,नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन १ थान, डाइजेपाम १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण