सांसदलाई गभर्नर पौडेलको आग्रह : बाफियालाई कहाँ पुर्याउने भन्नेबारे सोच्नुहोस्, हामी पनि सोच्छौँ
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तीय संस्था ऐन संशोधनबारे सांसदहरूसँग छलफल गरे।
- सांसदहरूले उल्लेख्य स्वामित्व २ प्रतिशतबाट १ प्रतिशतमा झार्ने विषयमा संशोधनको माग गरे।
- छलफलमा विभिन्न सांसदहरूले फरक-फरक धारणा राखे, कसैले समय दिनुपर्ने त कसैले सानो पुँजीलाई निरन्तरता दिनुपर्ने बताए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले बैंक तथा वित्तीय संस्था ऐनलाई संशोधन गरेर कहाँ पुर्याउने भन्नेबारे विचार गर्न सांसदहरूलाई आग्रह गरेका छन् । आइतबार विधेयकमाथि संशोधनकर्तासँगको छलफलका क्रममा उनले यस्तो उल्लेख गरेका हुन् ।
आजको छलफलमा संशोधनकर्ताले बाफियामा उल्लेख भएको सम्बद्ध व्यक्ति र उल्लेख्य स्वामित्वको विषयमा केन्द्रित भई छलफल गरेका थिए । अधिकांशले उल्लेख्य स्वामित्वलाई २ प्रतिशतबाट एक प्रतिशतमा झार्ने व्यवस्था संशोधन गर्न माग गरेका थिए ।
छलफलमा कांग्रेस सांसद राजेन्द्र केसीले विश्वका केही देशमा बैंकर र व्यवसायी फरक रहेको बताउँदै २ प्रतिशतको स्वामित्वलाई १ प्रतिशत पुर्याउन नहुने र पुर्याउने भए ५–१० वर्ष समय दिनुपर्ने उल्लेख गरे ।
कांग्रेस सांसद पूर्णबहादुर तामाङले विकास बैंकलाई एलसी र बैंक ग्यारेन्टीको अधिकार दिन माग गरे । छलफलमा एमालेका सांसदहरूले विधेयकको पक्षमा धारणा राखेका थिए ।
यद्यपि सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई २ प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन् । रास्वपाकी चन्दा कार्कीले पनि यी विषयको समर्थन गरिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैंकहरु सरकारी स्वामित्वको मात्रै हुनुपर्ने माग राखेका थिए । समितिमा विधेयकमा संशोधनकर्तासँगको छलफल सकिएको छ । अब अर्को बैठकदेखि दफावार छलफल सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण