एसपीलाई अपशब्द बोल्ने जसपा नेता फरार, स्पेसल टोली परिचालन
सारांश
- सर्लाहीका एसपीलाई गालीगलौज गरेका जसपा मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन्।
- अदालतले पक्राउ पुर्जी जारी गरेपछि यादवको खोजी भइरहेको छ, उनी भारततर्फ फरार भएको आशंका छ।
- प्रहरीले यादवलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको छ र उनलाई चाँडै नियन्त्रणमा लिने जनाएको छ।
वीरगन्ज । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी (पार्टी) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् ।
मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ ।अहिलेसम्मको सूचना अनुसार यादव भारततर्फ फरार भइसकेको प्रहरी स्रोतको भनाइ छ ।
मधेस प्रहरी प्रमुख डिआइजी चतुर्वेदीले भने, ‘हामी अहिले खानतलासी गर्ने काम गरिरहेका छौँ । विभिन्न ठाउँमा सर्च अभियान चलिरहेको छ । उनलाई चाँडै प्रहरी नियन्त्रणमा ल्याइनेछ ।’
जिल्लाका एसपीलाई नै अपशब्द प्रयोग गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीको स्पेसल टोली परिचालन गरिएको मधेस प्रहरी कार्यालयको भनाइ छ । अदालतले पक्राउ अनुमति जारी गरेपछि प्रहरीको विशेष टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीविरुद्ध सार्वजनिक सेवामा रोकावट र उपद्रव कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
बिहीबार राति फोनमा सर्लाहीका प्रहरी प्रमुख खड्का र नेता यादवबिच गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण