मधेस प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित
सारांश
- मधेस प्रदेशसभाको बैठक विपक्षी दलहरूको विरोधपछि स्थगित भयो।
- विपक्षी दलहरूले बजेटबारे विरोध जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।
- मुख्यमन्त्री, भौतिक मन्त्री, र अर्थमन्त्रीसहित दलका नेताहरू अनुपस्थित रहेका कारण बैठक स्थगित भयो।
जनकपुर । मधेस प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । ११ दिनपछि आइतबार सुरु भएको बैठकमा बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले विरोध गरेपछि स्थगित भएको हो ।
दिउँसो २ बजे बसेको बैठकमा विपक्षी दलहरूले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि अर्को बैठक नबस्दै सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा मुख्यमन्त्री,भौतिक मन्त्री,अर्थमन्त्रीसहित दलका नेताहरू समेत उपस्थित नभएपछि स्थगित गरिएको प्रदेशसभाको सचिवालयले जानकारी दिएको छ । बैठक सुरु नहुँदै विरोध हुन थालेपछि स्थगित गरिएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बताए ।
बैठकमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा उठेर विरोध जनाएका थिए । आज आर्थिक विधेयकसँगै बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण