कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा
सारांश
- एसीसी यू-१६ इस्ट जोन कप जितेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
- कप्तान विपिनप्रसाद शर्माले कुनै पनि खेल नहारी उपाधि जित्दा खुशी लागेको बताए।
- प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले ब्याटिङ सुधार गर्नुपर्ने र फाइनलमा चुक्न पुगेको बताए।
काठमाडौँ । एसीसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
आइतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । परिणामतः खेल जित्न सम्भव भएको बताए ।
यु-१६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए । प्रत्येक खेललाई महत्वपूर्ण मानेर खेलेको बताए । नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको बताए । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताए ।
शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा पनि उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण