माओवादी केन्द्रले भन्यो– एमालेसँग एकता गर्ने नीति र सोच छैन
सारांश
- माओवादी केन्द्रले एमालेसँग एकताको कुनै सोच नरहेको स्पष्ट पारेको छ।
- पार्टी प्रवक्ताका अनुसार, नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपतिलाई भेटेर एकता प्रस्ताव राखेको कुरा गलत हो।
- माओवादीले एमाले बाहेक अन्य दलहरूसँग एकताको छलफल गरिरहेको जनाएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने नीति र सोच नभएको बताएको छ । कतिपय सञ्चार माध्यममा 'बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव' शिर्षकमा समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै माओवादी केन्द्रले उक्त विषयको खण्डन गरेको हो ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'कतिपय सञ्चार माध्यममा 'बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव' शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ ।'
साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको समेत सापकोटाले बताए । एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहेपनि एमालेसँग एकताको चर्चा नचलेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण