मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह

मङ्गलबार, २४ असार २०८२, ०७ : ०२
मङ्गलबार, २४ असार २०८२

सारांश

  • धादिङ जिल्ला प्रशासनले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
  • लगातारको वर्षाका कारण त्रिशूली नदीमा जलप्रवाह बढ्ने सम्भावना रहेको छ।
  • प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित रहन र जोखिम क्षेत्रमा नजान आग्रह गरेको छ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा तर्फ अत्यधिक वर्षा भएको जानकारी दिएको छ। वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाई छ ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप