अपडेट
त्रिशूली अपडेट : बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास
मङ्गलबार, २४ असार २०८२, ०७ : २२
सारांश
- त्रिशूली नदीको जलसतह बेत्रावती जलमापन केन्द्रमा सतर्कता तह नजिक पुगेको छ।
- पानीको सतह बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
- रसुवा, नुवाकोट र धादिङ जिल्ला भएर बग्ने त्रिशूली नदीमा आकस्मिक बाढीको जोखिम छ।
नुवाकोट । त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले मंगलबार बिहान ६:१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।
बाढीको सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागले नदी आसपासका जोखिमयुक्त क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहने भएकाले सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्रिशूली नदी रसुवा, नुवाकोट, धादिङ जिल्ला हुँदै बग्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण