डिबी र सुनिताको रोमान्टिक गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक
सारांश
- डिबी खड्का र सुनिता कार्कीको सहकार्यमा बनेको गीत 'म त गाउँले ठिटो' सार्वजनिक भएको छ।
- रोमान्टिक लोकलयमा तयार गीतमा शब्द डिबी खड्का र होम न्यौपानेको रहेको छ, र संगीत पनि डिबी खड्काकै रहेको छ।
- गीतको भिडियोमा एआरके, सादिक थापा, राजकुमार लामा लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । गीतकार, गायक तथा सङ्गीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ ।
गायक खड्काकै सङ्गीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा सङ्गीत पनि ले नै दिएका हुन् । दयपुर ताप्ली गाउँपालिका बासी गायक तथा सङ्गीतकार खड्का लामो समयदेखि गीतसंगीतमा सक्रिय छन् ।
गीतको भिडियो तामझाम सहित आकर्षक बनाइएको छ । जसमा एआरके, सादिक थापा, राजकुमार लामा बल, सुशीला खड्का, विकास ग्याबा तामाङ, नारायण के.सी, रामजी अधिकारी, तुलसी पौडेललगायतको अभिनय छ ।
भिडियोमा टंक केसी एण्ड टिमको छायांकन, रोशन पौडेलको सम्पादन, सादिक थापा र दीपक श्रेष्ठको कोरियोग्राफी छ भने निर्देशन एआरकेले गरेका हुन् । भिडियो रियासा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण