११ महिनाको तथ्यांकमा आधारमा यस्तो देखियो देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)
सारांश
- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ।
- मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ भने शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोड बचतमा रहेको छ।
- विप्रेषण आप्रवाह र कुल विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
बैंकले मंगलबार सार्वजनिक गरेको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।
यस्तै शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहँदा आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै विप्रेषण (रेमिट्यान्स) आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ । जसअनुसार जेठ महिनाको विप्रेषण आप्रवाह मात्रै रु.१७६ अर्ब ३२ करोड रहेको बैंकको भनाइ छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ । यसैगरी नेपाल सरकारको खर्च रु.१२८२ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१०१६ अर्ब ९ करोड रहेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण