शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

मङ्गलबार, २४ असार २०८२, १७ : १७
मङ्गलबार, २४ असार २०८२

सारांश

  • अस्ट्रेलियामा आयोजना हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले अगस्ट १५ मा नर्दन टेरिटोरी स्ट्राइकर्सँग पहिलो खेल खेल्नेछ।
  • नेपालले आगामी टी-२० विश्वकपको तयारीका लागि यो प्रतियोगिता खेल्नेछ।

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । 

अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उद्घाटन खेल आगामी अगस्त १५ तारिखमा अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने भएको हो ।

यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बिबिएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । 

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ मा बङ्गलादेशको ‘ए’ टोली विरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छभने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ । 

त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छभने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप