स्याङ्जाको आँधीखोलामा जलसतहले सतर्कता तह पार गर्यो
बुधबार, २५ असार २०८२, ०८ : ०९
सारांश
- स्याङ्जाको आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ।
- गएरातिदेखि परेको वर्षाका कारण खोलामा पानीको बहाव बढेको हो।
- नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागको आग्रह छ।
काठमाडौँ । स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ।
विभागका अनुसार गएरातिदेखि भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव ह्वात्तै बढेको हो। जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम बढेको छ।
विभागले एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र नदी किनार भएर यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण