जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
बुधबार, २५ असार २०८२, १२ : ४७
सारांश
- कास्कीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
- पोखरा महानगरपालिका-१४ मा एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
- प्रहरीले उनीहरूबाट ४५ हजार ३ सय ६० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।
कास्की । कास्कीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पसकुमारी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण