शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न स्थानबाट लागु औषधसहित १५ जना पक्राउ

बुधबार, २५ असार २०८२, १३ : ०६
बुधबार, २५ असार २०८२

सारांश

  • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन्।
  • कपिलवस्तु, कैलाली, झापा, बाँके लगायतका स्थानबाट लागुऔषध बरामद गरिएको छ।
  • प्रहरीले लागुऔषध ओसारपसार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

काठमाडौं । लागु औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन् । कपिलवस्तु, कैलाली, झापा, बाँके लगायतका जिल्लाबाट १५ जना पक्राउ परेका हुन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रु गेटबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित शिवराज नगरपालिका–१ बनकसबासा बस्ने २२ वर्षीय सुमन चुदारोलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी

कार्यालय कृष्ण नगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–४ मुडाबाट लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित सोही गाउँपालिका–१ बस्ने ३४ वर्षीय अरुण बादीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता झापाको भद्रपुर नगरपालिका–७ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५ ग्राम ८० मिलिग्रामसहित २ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–५ बस्ने ५५ वर्षीय नशरुदिन मिँया र भारत बिहार किशनगञ्ज घर भएका ३५ वर्षीय मनिसुर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो

त्यस्तै बाँकेको खजुरा गाउँपालिका–७ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुर्जन बर्मालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको खजुरा नगरपालिका–४ एफ गाउँबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका–१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे चोकबाट ब्राउन सुगरजस्तो पदार्थ करिब १ ग्राम ६ मिलिग्रामसहित २ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पुष्पा थापा र ३० वर्षीय बुद्धराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै चितवनको राप्ती नगरपालिका–१० स्वामीटारबाट करिब २ किलोग्राम गाँजासहित मकवानपुर राक्सिराङ्ग गाउँपालिका–६ बस्ने २१ वर्षीय बादल प्रजालाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भन्डाराबाट खटिएको प्रहरीले किरनटारबाट भन्डारातर्फ आउँदै गरेको ना.५८ प ४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ५ सेरीगाउँ डेरा गरी बस्ने सोही नगरपालिका–१० चुना बस्ने १९ वर्षीय देवराज बोहरालाई नियन्त्रित लागुऔषध नाईट्राजेपाम २२ ट्याब्लेटसहित मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

उता सुनसरीको वराहक्षेत्र नगरपालिका–६ मुनाल चोकस्थित एयर क्याफे होटलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ४ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वराहक्षेत्र नगरपालिका–६ बस्ने २० वर्षीय रोसिता गिरी, सोही नगरपालिका–९ बस्ने २० वर्षीय रस्मिता राई, इटहरी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय समित राई र सोही उपमहानगरपालिका–५ बस्ने २० वर्षीय प्रसाङ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय ललित जोशीलाई अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्रामसहित मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको

घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप