अपडेट
काठमाडौँ महानगरको सेवा चार घण्टापछि पुनः सुचारु
बिहीबार, २६ असार २०८२, २२ : ४९
सारांश
- काठमाडौँ महानगरपालिकाको कार्यालयमा विद्युत् भार थेग्न नसक्दा सेवा अवरुद्ध भयो।
- पुरानो वायरिङ प्रणालीले लोड थेग्न नसक्दा करिब ४ घण्टा सेवा बन्द भयो।
- मर्मतपछि दिउँसो २ बजेबाट महानगरपालिकाको सेवा पुनः सुचारु भयो।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यालय बिहीबार चार घण्टासम्म ठप्प भएपछि दिउँसो २ बजेदेखि पुनः सुचारु भएको छ।
विद्युत् लोड बढेपछि पुरानो आन्तरिक वायरिङ प्रणालीले भार थेग्न नसक्दा बन्द भएको महानगरको सेवा हाल मर्मतपछि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
महानगरका एक कर्मचारीले भने, ‘करिब ४ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो। ३ जना प्राविधिक टोलीले आन्तरिक वायरिङको समस्या हल गरेपछि २ बजेपछि पुनः सुचारु भयो।’
भुक्तानीको अन्तिम दिन बुधबार कार्यालयमा ढिलोसम्म काम भएकाले कम्प्युटर, एसी, बत्ती लगायत धेरै उपकरण एकैसाथ चल्दा समस्या आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण