लम्पी स्किनबाट झापामा १० हजार पशु सङ्क्रमित
सारांश
- झापामा एक वर्षमा १० हजारभन्दा बढी गाईगोरुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ।
- रोग नियन्त्रणका लागि १५ वटै पालिकामा खोप अभियान सञ्चालन भइरहेको छ, जसमा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ।
- मेचीनगर र बाह्रदशीमा संक्रमण बढी देखिएको छ, र खोप नलगाएका गाईगोरुमा जोखिम बढेको छ।
झापा । लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र यहाँ १० हजारभन्दा बढी गाई गोरु सङ्क्रमित भएका छन् । केही महिनायता सङ्क्रमित १ सय ४२ गाई गोरु मरिसकेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ । हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ ।
जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखा परेको उनले बताइन् । उनले गर्मी बढेसँगै लम्पी स्किन रोगको सङ्क्रमण फैलिरहेको बताइन् । “यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उनले भने, “रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।” उनले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार पाँच सय वटा खोप जिल्लामा आएको बताए ।
यो रोग लागेका गाई गोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ । केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाई गोरुमा सो समस्या नदेखिएको बताइन् । उनको भनाई छ, “पहिल्यै खोप लगाएका गाईबस्तुमा रोग देखिएको छैन, नयाँ जन्मिएका बाछाबाछी र बाहिरबाट खरिद गरेर ल्याइएका नयाँ गाई गोरुमा मात्र यसको जोखिम तीव्र मात्रामा देखिएको छ ।”
उनले चालू आर्थिक वर्ष २०८१ / ८२ मा गाई भैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताइन् । यसैगरी सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उनले बताइन् । सोही निवेदनका आधारमा कार्यालयले रु छ हजारदेखि ७८ हजारसम्म राहत स्वरूप प्रदान गर्दै आएको उनले जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण