एनआरएनए कतारमा एकता कायम गर्न दुई पक्षबिच सहमति
सारांश
- एनआरएनए कतारको नेतृत्वमा देखिएको विवाद अन्त्य गर्न दुई पक्षबिच औपचारिक सहमति भएको छ।
- दुवै पक्षले एकता महाधिवेशनमार्फत सङ्गठनलाई एक ढिक्का बनाउने प्रतिबद्धता जनाएका छन्।
- आगामी ११ औँ राष्ट्रिय महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा सफल पार्न दुवै पक्ष सहमत भएका छन्।
काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको नेतृत्वमा लामो समयदेखि देखिएको विवाद अन्त्य गर्न सङ्गठनका दुई पक्षबिच औपचारिक सहमति भएको छ। एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारको वर्तमान कार्यसमिति र सुनील घिमिरे नेतृत्वको समूहबिच एकता महाधिवेशनमार्फत सङ्गठनलाई एक ढिक्का बनाउने सहमति भएको हो।
दुवै पक्षले गत असार १७ गते एक सहमति पत्रमा हस्ताक्षर गर्दै आगामी ११ औँ राष्ट्रिय महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा सफल पार्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहमति पत्रमा एनआरएनए कतारको तर्फबाट अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष तथा वार्ता संयोजक कृष्ण पन्थी र युवा संयोजक टोकल लामाको हस्ताक्षर छ भने सुनील घिमिरे पक्षबाट आइसीसी सदस्य सुरेश भट्ट, कार्यवाहक अध्यक्ष कल्याण थापा र सदस्य वुधवल गुरुङले हस्ताक्षर गरेका छन्।
यस्ता छन् सहमतिका बुँदाहरुः
१. आगामी ११ औँ राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सफल पार्न दुवै पक्षले आ आफ्नो जिम्मेवारी सहित अविलम्ब कार्य शुभारम्भ गर्ने ।
२. गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्नै पोर्टल निर्माण गरी परिषद् सदस्यहरूको नामकरण सङ्कलन सहित नयाँ कार्यसमिति चयन प्रक्रियाको लागी प्रयोग गर्ने ।
३.सर्वोच्च अदालत द्वारा गठित उच्च स्तरीय समितिले गत मे ३ देखि ५ सम्म आयोजना गरेको आइसीसीको एकताको महाधिवेशनमा सहभागी कतारका सम्पूर्ण परिषद् सदस्यहरूलाई पनि आगामी राष्ट्रिय महाधिवेशनमा अद्यावधिक गर्ने।
४.वर्तमान सङ्क्रमणकालीन परिवेशलाई मध्यनजर गर्दै आइसीसीमा देखा परेका विचाराधीन मुद्दा सम्मानित सर्वोच्च अदालतले अन्तिम किनारा नलगाएसम्म दुवै आइसीसीलाई सम्मानपूर्वक व्यवहार गर्ने र सर्वोच्चको अन्तिम फैसला अनुरूप बनेको आइसीसी सँग आधिकारिक सम्झौता गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण