राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सारांश
- राष्ट्रिय सभा बैठक आज नयाँ बानेश्वरमा बस्दैछ, जसमा महत्त्वपूर्ण विषयमाथि छलफल हुनेछ।
- सांसदहरूले ज्येष्ठ नागरिकको जीवन सुरक्षित बनाउन विशेष व्यवस्थाको प्रस्ताव पेश गर्नेछन्।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले जलस्रोत विधेयक पेश गर्नेछन्, भने गृहमन्त्रीले नागरिकता विधेयक प्रस्तुत गर्नेछन्।
काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने तयारी गरिएको सचिवालयले जनाएको छ ।
बैठकको कार्यसूचीअनुसार सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने छ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा जान लागेको हो।
साथै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण