जनमत पार्टीले सोध्यो दुई नेतालाई स्पष्टीकरण
सारांश
- जनमत पार्टीले दुई नेतालाई स्पष्टीकरण सोधेको छ।
- पार्टीको हित विपरीत कार्य गरेको आरोपमा ७ दिन भित्र जवाफ दिन निर्देशन दिइएको छ।
- विभिन्न आरोपहरूमा वीरेन्द्र साह र शम्भुनाथ साहलाई स्पष्टीकरण सोधिएको हो।
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई स्पष्टीकरण सोधेको छ । गैरआवासीय मधेसी संघका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा ) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट ) स्पष्टीकरण सोधिएको प्रवक्ता शरद् सिंह यादवले शुक्रबार बिहान रातोपाटीलाई जानकारी दिए ।
पार्टीको हित विपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले दुवै नेतालाई बिहीबार ७ दिन भित्र जबाफ दिने गरी स्पष्टीकरण सोधेको उनको भनाइ छ ।
वीरेन्द्रको हकमा उनले केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गरेको उल्लेख छ । यस्तै जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढङ्गले अनुशासनहीनता प्रदर्शन गरेको, पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।
यस्तै शम्भुनाथको हकमा पनि सोही आरोप लगाउँदै पार्टी विधानको धारा ३९ (क) को उपधारा २,३,४,५,१० र १५ आकर्षित भएको उल्लेख छ । अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई किन कारबाही नहुनु पर्ने हो भनी ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण