वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अब ‘रेफरल सेन्टर’ मात्र
सारांश
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रेफरल सेन्टरका रूपमा मात्र सेवा दिनेछ।
- २०८२ साउन १ गतेदेखि सेवाग्राहीले रेफरल पत्रसहित मात्र सेवा पाउनेछन्।
- नयाँ व्यवस्थाले बीपी प्रतिष्ठानलाई प्राथमिक सेवा केन्द्रको सूचीबाट हटाएको छ।
काठमाडौँ। धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘रेफरल सेन्टर’का रूपमा मात्र सेवा दिने भएको छ।
प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै २०८२ साल साउन १ गतेदेखि बीमा कार्यक्रमअन्तर्गत सेवा लिन चाहने सेवाग्राहीले अब सम्बन्धित स्वास्थ्य संस्थाबाट प्राप्त ‘रेफरल’ (सिफारिस) पत्रसहित मात्र सेवा पाउने बताएको हो ।
नेपाल स्वास्थ्य बीमा बोर्डको निर्णय अनुसार, आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि लागू हुने यो व्यवस्थाले वी.पी प्रतिष्ठानलाई प्राथमिक सेवा केन्द्रको सूचीबाट हटाएको छ।
यसअघि बीमा बोर्डले ‘पहिलो सेवा बिन्दु’ अर्थात् प्राथमिक केन्द्रबाट मात्र सेवा लिनुपर्ने बाध्यता हटाएको थियो। नयाँ व्यवस्था अनुसार बिमितहरू बोर्डबाट स्वीकृत कुनै पनि सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको थियो।
स्वास्थ्य बीमा बोर्डको सूचीमा आधारित यो नयाँ प्रणालीले वी.पी कोइराला प्रतिष्ठानलाई केवल सिफारिसपछि मात्र सेवा दिने ‘रेफरल सेन्टर’ को भूमिकामा सीमित बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण