जनमतका निलम्बित कोषाध्यक्ष यादवले बुझाए धरौटी रकम
शनिबार, २८ असार २०८२, १० : १४
सारांश
- जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ठगी मुद्दामा १ लाख २५ हजार धरौटी बुझाए।
- ललितपुर जिल्ला अदालतले २०८२ असार २६ गतेको आदेश अनुसार धरौटी रकम माग गरेको थियो।
- यादवले अदालतले तोकेको तारेखमा नियमित उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।
ललितपुर । ललितपुर जिल्ला अदालतमा चलेको ठगी सम्बन्धी कसूर मुद्दामा जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका छन्।
नेपाल सरकार वादी भएको ठगी सम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट मिति २०८२ असार २६ गते भएको आदेशअनुसार माग भएको धरौट रकम उनले सोही दिन अदालतमा दाखेल गरेका हुन्। यादवले लिखित प्रतिबद्धता जनाउँदै अदालतले तोकेको तारेखमा नियमित रूपमा उपस्थित हुने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण