आलम छाड्ने न्यायाधीशलाई मोसो दल्ने बहुमतका नेताहरूलाई अभिनन्दन
सारांश
- नेकपा (बहुमत) ले अफताव आलमलाई उन्मुक्ति दिने न्यायाधीशलाई मोसो दल्ने नेताहरूलाई सम्मान गरेको छ।
- पार्टीका नेताहरूले गरिब तथा निमुखा जनताको न्यायका लागि जोखिम उठाएको भन्दै धन्यवाद दिए।
- मोसो दल्ने टोलीका सदस्यहरूले जनताको लागि अपराधीहरूलाई कडा कारबाही गर्न तयार रहेको बताए।
काठमाडौँ। अफताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्यायाधीशहरुलाई मोसो दल्ने नेकपा (बहुमत) का नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।
पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेका नेताहरूलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अङ्गहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यस विरुद्ध नयाँ अभियान चलाएको पनि बताए ।
कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाइँले धेरै कुरा सिकाएको बताए । उनले भने,‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि मोसो मात्रै हैन अपराधीहरूलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौँ ।’
सो टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यस विरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।
गत जेठ २९ गते वीरगन्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई मोसो छ्यापेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण