राप्रपामा गुटबन्दी: राणा र लोहनीबिच लिङ्देनको कदमबारे छलफल
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि पार्टीभित्र गुटबन्दी बढेको छ।
- इतर समूहले लिङ्देनको निर्णयको आलोचना गर्दै निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको छ।
- पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच लिङ्देनको निर्णयबारे छलफल भएको छ।
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई पदबाट हटाएपछि पार्टीभित्र गुटबन्दी मौलाएको छ ।
इतर समूहले बैठक नै बसेर अध्यक्ष लिङ्देनको निर्णयको कडा आलोचना गरेकै बेला निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र पूर्वअध्यक्ष पशुपति शमशेर राणाबिच शनिबार साँझ भेटवार्ता भएको छ ।
महाराजगन्जस्थित एक रेस्टुरेन्टमा भएको भेटका क्रममा अध्यक्ष लिङ्देनले गरेको निर्णयका विषयमा छलफल भएको एक नेताले रातोपाटीलाई जानकारी दिए । सो क्रममा दुवै नेता पार्टीलाई विधान बमोजिम सञ्चालन गर्नुपर्नेमा एकमत भएको ती नेताको भनाइ छ । यस्तै राणाले लिङ्देनको निर्णय गलत भएको समेत बताएका थिए ।
तीन दिनअघि लिङ्देनले राजतन्त्र फर्काउने भन्दै गठन भएको संयुक्त आन्दोलन समितिका संयोजक समेत रहेका सुवेदीलाई हटाएर सो ठाउँमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए ।
यस्तै प्रवक्ता सगुन लावतीलाई पनि लिङ्देनले हटाएका थिए । लिङ्देनले एकपछि अर्को गर्दै आफूलाई असहयोग गर्ने नेताहरूलाई विधान विपरीत हटाएको इतर समूहको भनाइ छ ।
जसअनुसार शनिबार भएको इतर समूहको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय भएको नेता सगुन लावती जानकारी दिए । जसअनुसार उनले सञ्चारकर्मीलाई सार्वजनिक जानकारी समेत गराइसकेका छन् ।
यसअघि शनिवार बसेको इतर समूहको बैठकमा लिङ्देनले आफ्नो आलोचकलाई विधान विपरीत धमाधम पदबाट हटाएको भन्दै सहभागीले कडा आलोचना गरेका थिए ।
महामन्त्री धवलशमशेर राणाको राजधानीस्थित अपार्टमेन्टमा भएको भेला करिब ४ घण्टा चलेको थियो । बिहान ९ देखि १ बजेसम्म चलेको भेलामा पार्टी निर्देशन समिति अध्यक्ष लोहनी पनि सहभागी थिए ।
यस्तै नेताहरू हरिबहादुर बस्नेत, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, धवलशमशेर राणा, कुन्तीकुमारी शाही, सगुन सुन्दर लावती, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, जनकराज पाठक, रञ्जन कार्की, मिना शाही, कर्णबहादुर शाही, किशोर कार्की, निरञ्जन थापा लगायतको सहभागिता रहेको थियो ।
सो भेलामा राणा सहभागी नभए पनि बेलुका लोहनीले छुट्टै भेटेर लिङ्देनको कदमबारे छलफल गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण