इगा स्वीएटेकले जितिन् विम्बल्डनको महिला एकल उपाधि
सारांश
- इगा स्वीएटेकले २०२५ विम्बल्डन महिला एकलको उपाधि जितिन्, उनी विम्बल्डन जित्ने पहिलो पोल्यान्डकी खेलाडी बनिन्।
- स्वीएटेकले अमेरिकाकी अमाण्डा एनिसिमोवालाई सिधा सेटमा पराजित गरिन्, खेल ५७ मिनेटमै सकिएको थियो।
- यो स्वीएटेकको करियरको छैटौँ ग्रान्ड स्लाम उपाधि हो, उनले यसअघि फ्रेन्च ओपन र यूएस ओपन पनि जितेकी छिन्।
काठमाडौँ । पोल्यान्डकी टेनिस खेलाडी इगा स्वीएटेकले वर्ष २०२५ को विम्बल्डन महिला एकलको उपाधि जितेकी छिन्। यस जितसँगै उनी विम्बल्डनको महिला एकल उपाधि जित्ने पहिलो पोल्यान्डकी खेलाडी बनेकी छिन्।
विश्व वरियतामा एक नम्बरमा रहेकी स्वीएटेकले अमेरिकाकी अमाण्डा एनिसिमोवालाई केवल ५७ मिनेटमै ६–०, ६–० को सिधा सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गराइन्।
यो स्वीएटेकको करियरको छैटौँ ग्रयान्ड स्लाम उपाधि हो। उनी यसअघि चार पटक फ्रेन्च ओपन र एक पटक यूएस ओपन जितिसकेकी छिन्।
उता, १३औँ वरियताकी अमाण्डा एनिसिमोवा आफ्नो पहिलो ग्र्यान्ड स्लाम प्रतियोगितामा मैदानमा उत्रेकी थिइन्।
खेलपछि स्वियातेकले भनिन्, ‘मैले यो सपना पनि देखेकी थिइनँ। मलाई लाग्थ्यो म अनुभवी भए पनि यो सम्भव छैन। तर, मैले यहाँ आफ्नो प्रदर्शन अझ सुधार गरेँ।’
स्वीएटेकले प्रतिस्पर्धी अमाण्डालाई बधाई दिँदै भनिन्, ‘म आशा गर्छु, हामी आगामी दिनमा फेरि धेरै पटक फाइनलमा भेट्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण