अपडेट
काठमाडौँ महानगर : बजेट नगरसभामा पेस गर्न कार्यपालिकाको सिफारिस
आइतबार, २९ असार २०८२, ११ : ३३
सारांश
- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ।
- आगामी आर्थिक वर्षको नीति कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्नेछन्।
- महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्न निर्णय गरेको छ । आज २ बजे बस्ने नगर सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्नेछिन् ।
महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण