ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई अब अनलाइनबाट कक्षा लिइँदै, गृहमन्त्रीले घोषणा गर्ने
सारांश
- ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूका लागि अनलाइन कक्षा सुरु हुने भएको छ।
- गृहमन्त्री रमेश लेखकले आइतबार अनलाइन सचेतना कक्षाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
- मापसे, रातो बत्ती तथा ओभर स्पिड गर्ने चालकहरूले अब अनलाइन कक्षा लिन सक्नेछन्।
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनलाइनमार्फत कक्षा लिने प्रविधि विकास गरिएको छ । देशभरका ट्राफिक प्रहरी युनिटहरूले अनलाइनमार्फत कक्षा लिन लागेका हुन् ।
आइतबार गृहमन्त्री रमेश लेखकले अनलाइन सचेतना कक्षा शुभारम्भ गर्ने कार्यक्रम घोषणा गर्दैछन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम मार्फत मन्त्री लेखकले अनलाइन कक्षा शुभारम्भ कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
मापसे, रातो बत्तीको उल्लङ्घन, ओभर स्पिड र लेन क्रस गर्ने चालकलाई अहिले भौतिक रूपमा कक्षा लिने गरिएको छ । अब, देशभर अनलाइन माध्यमबाट सचेतना कक्षा लिन सकिने प्रविधि विकास गरिएको छ ।
नागरिक एपमा आबद्ध चालकहरूले अनलाइन माध्यमबाट कक्षा लिन सक्ने प्रविधि विकास गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘अनलाइन कक्षा लिनको लागी चालक नागरिक एपमा आबद्ध भएको हुनुपर्छ ।’
कोरोना सङ्क्रमणको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले परीक्षणको रूपमा केही समय अनलाइनमार्फत कक्षा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण