सुशासनका लागि बनेको सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती
सारांश
- सांसद सुदन किरातीले सरकारको छातीमा कुशासनको तक्मा थपिएको बताए।
- उनले मन्त्रीहरूको विषयमा उठेका प्रश्न र स्पेन घटनाबारे छानबिनको माग गरे।
- किरातीले स्पेनमा भएको मानव तस्करीले देशको छविमाथि प्रश्न उठाएको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सुशासनको लागि बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद किरातीले सामान्य प्रशासन मन्त्री र भूमिसुधार मन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? भन्दै प्रश्न गरे ।
उनले स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा मानवीय तस्करी भएपछि अन्तर्राष्ट्रिय मञ्चमा देशको छविमा गम्भीर प्रश्न उठाएको बताए ।
‘स्पेनमा आयोजित प्रधानमन्त्री नै सहभागी हुनुभएको कार्यक्रममा फेरि मानव तस्कर जस्तो जघन्य अपराध भयो,’ किरातीले भने, ‘जसले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठाएको छ । यसमाथि सत्य तथ्य छानबिन गरियोस् र दोषीलाई कारबाही गरियोस् ।’
पछिल्ला यी घटनाले संसदमा प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने वाक्य आफूले सम्झिएको किरातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण