अपडेट
विवादमा तानिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
सोमबार, ३० असार २०८२, १० : ५६
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन्।
- मन्त्री गुप्ताले घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ।
- स्रोतका अनुसार मन्त्री गुप्ताले आजै राजीनामा दिने सम्भावना रहेको छ।
काठमाडौँ । घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीले बोलाएपछि केहीबेर अघि मन्त्री गुप्ता बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुप्ताले घुस रकम डिल गरेको अडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ । सोही विषयमा बुझ्न प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बोलाएको बुझिएको छ ।
‘मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि उहाँ आइपुग्नु भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘सम्भवतः उहाँले आजै राजीनामा दिनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण