अपडेट
राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
सोमबार, ३० असार २०८२, १३ : ५८
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।
- प्रमाणीकरण गरिएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी व्यवस्था छ।
- संसदबाट पारित भई आएका विधेयक राष्ट्रपतिले संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको हो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार* तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी गराएको छ ।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण