प्रचण्डको प्रश्न : मल र बिजुली कहाँ गयो ?
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले किसानले मलखाद नपाएको भन्दै सरकारको आलोचना गरे।
- प्रचण्डले मल आयातमा ढिलाइ भएको र किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको गुनासो गरे।
- उनले किसानलाई तत्काल राहत, सिँचाइको व्यवस्था र कृषि मिटर उपलब्ध गराउन सरकारसँग माग गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर हुनुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले रोपाइँको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरबाही गरेको बताए ।
'मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो। तर, असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन,’ प्रचण्डको भनाइ थियो ।
उनले हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै गर्न नसकेको तथ्य सार्वजनिक गर्दै प्रश्न भने, ’आयात भएको भनिएको मल कहाँ गयो ?’
प्रचण्डले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने गरेको पक्षपात अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे । उनले उखु किसानको बक्यौता त अझै नदिएको, अनुदान समेत आधा घटाइएको विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिए ।
तराई–मधेसका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा सङ्कटमा परेको उल्लेख गर्दै उनले भने, “धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ।”
प्रचण्डले किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुचारु गर्न, सिँचाइको उचित व्यवस्था मिलाउन र तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण