मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जडेजाको प्रतिरोधका बाबजुद तेस्रो टेस्टमा भारत पराजित

सोमबार, ३० असार २०८२, २२ : ००
सोमबार, ३० असार २०८२

सारांश

  • इंग्ल्याण्डले लर्ड्समा भएको तेस्रो टेस्टमा भारतलाई २२ रनले पराजित गर्यो।
  • भारतका रविन्द्र जडेजाले नटआउट ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
  • इंग्ल्याण्डले ५ टेस्टको शृंखलामा २-१ को अग्रता लियो र अर्को खेल म्यानचेस्टरमा हुनेछ।

लण्डन । लर्ड्समा खेलिएको तेस्रो टेस्टमा इंग्ल्याण्डले भारतलाई २२ रनले पराजित गरेको छ।  रवीन्द्र जडेजाले नटआउट रहँदै ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

सोमबार, खेलको पाँचौँ दिन, भारतले ६ विकेट बाँकी रहँदा १३५ रन बनाउनुपर्ने थियो । तर टोलीले केवल ११२ रन बनाउनमा सबै विकेट गुमायो।  यससँगै, इंग्ल्याण्डले ५ टेस्टको एन्डरसन-तेन्दुलकर ट्रफीमा २–१ को अग्रता लिएको छ। चौथो टेस्ट जुलाई २३ देखि म्यानचेस्टरमा खेलिनेछ।

पहिलो इनिङ्समा दुवै टोलीले समान ३८७–३८७ रन बनाएका थिए। दोस्रो इनिङ्समा इंग्ल्याण्डले १९२ रन मात्र बनायो।  तर, १९३ रनको लक्ष्य अगाडि भारतका केएल राहुल (३९ रन) र रवीन्द्र जडेजा (६१ रन) ले मात्र उल्लेखनीय रन बनाउन सके।

जडेजाले १८१ बलको सामना गर्दै ४ चौका र एक छक्का हिर्काए । उनले भारतलाई जीततर्फ बिस्तारै डोर्‍याउँदै गर्दा मोहम्मद सिराज शोहेब बसिरको बलमा बोल्ड हुन पुगे । अन्य कुनै पनि ब्याट्सम्यानले १५ रनको आँकडा पनि छुन सकेनन् । इंग्ल्याण्डका बेन स्टोक्स र जोफ्रा आर्चरले ३-३ विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप