‘एसी वायरिङ’ बाट करेन्ट लाग्दा १५ वर्षीय बालकको मृत्यु, घटना सिसिटिभीमा कैद
मङ्गलबार, ३१ असार २०८२, ०० : ०६
सारांश
- भारतको नायगाउँस्थित एक सोसाइटीमा ब्याडमिन्टन खेलिरहेका बेला करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु भयो।
- बालक ब्याडमिन्टनको सटलकक निकाल्न जाँदा एसीको तारबाट करेन्ट लागेको थियो।
- घटना सोसाइटीको सिसिटिभीमा कैद भएको छ र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । भारतको नायगाउँस्थित एक आवासीय ‘सोसाइटी’ मा शुक्रबार साँझ करेन्ट लाग्दा १५ वर्षीय बालको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घटनामा १० कक्षामा अध्ययनरत आकाश सन्तोष साहूको मृत्यु भएको हो।
साँझ करिब ७ बजेको समयमा आकाश आफ्ना साथीसँग सोसाइटीको परिसरमा ब्याडमिन्टन खेलिरहेको बेला ‘सटलकक’ पहिलो तलाको झ्यालमा अड्किएको थियो। सटल निकाल्न झ्याल नजिक जाँदा त्यहाँ रहेको एसी वायरिङबाट करेन्ट लागेर उनी एक्कासि ढलेका थिए।
गम्भीर झट्का लागेपछि आकाश तुरुन्तै जमिनमा ढलेका थिए र घटना स्थलमै बेहोस भए। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना सोसाइटीको सिसिटिभीमा पूर्ण रूपमा कैद भएको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण