भदौअघि माओवादीको केन्द्रीय समिति बैठक नबस्ने
सारांश
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने भएको छ।
- मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान नसकिएकाले भदौसम्म बैठक बस्ने सम्भावना छैन।
- पार्टी एकता र महाधिवेशनबारे अभियानपछि केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने भएको छ । गत वर्षको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार असारभित्र बैठक बस्नुपर्ने थियो । तर मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न नभएकाले भदौसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नभएको उपमहासचिव हरिबोल गजुरेलले बताए ।
जेठको पहिलो हप्तासम्म पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेपछि असारमा केन्द्रीय समिति बैठक बोलाउने, त्यस बैठकले महाधिवेशन मिति घोषणा गर्ने निर्णय भएको थियो । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन १५ गतेभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेकाले केन्द्रीय समिति बैठक भदौयता बस्ने सम्भावना देखिँदैन ।
‘मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सकिएको छैन । अभियान सकिएपछि मात्र केन्द्रीय समिति बैठक बस्छ । साउनको दोस्रो साता स्थायी समिति बैठक बोलाइएको छ । सोही बैठकले केन्द्रीय समिति बैठक बोलाउँछ । यस हिसाबले भदौयता बैठक बस्ने सम्भावना छैन’, गजुरेलले भने ।
पार्टी एकताको विषयमा असार १३ गते खुमलटार गएका नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्रा राय यादवसँग पनि अध्यक्ष प्रचण्डले पार्टीको अभियान सकिएपछि केन्द्रीय समिति बैठक बोलाउने र त्यही बैठकले एकता महाधिवेशनबारे निर्णय गर्ने बताएका थिए । यस्तै स्थायी समिति बैठकको मिति समेत निश्चित नभएको उपमहासचिव गजुरेलले बताए । बैठकको एजेन्डाबारे आन्तरिक छलफल भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण