माइक्रोमा सवार युवकको साथबाट खैरो हेरोइन बरामद
मङ्गलबार, ३१ असार २०८२, ११ : ०५
सारांश
- काठमाडौंको जडीबुटीबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा इलामका २५ वर्षीय केशव राई रहेका छन्।
- प्रहरीले उनको साथबाट ३७.२४० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–५ घर भएका २५ वर्षीय केशव राई छन् ।
माइक्रो बसमा सवार राईलाई जडीबुटीस्थित मनोहरा खोला पुलबाट असार २७ गते साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले मंगलबार जानकारी दिए ।
आरोपीको साथबाट प्रहरीले ३७ दशमलव २४० ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण