ट्रम्पको ट्यारिफ धम्कीपछि ईयूले दियो यस्तो चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफको धम्की पछि, ईयूले प्रतिरोधात्मक कारबाही गर्ने विचार गरिरहेको छ।
- ईयूका व्यापार मन्त्रीहरूको बैठकमा अमेरिकाको ३० प्रतिशत ट्यारिफ अस्वीकार्य भएको कुरा उठेको थियो।
- ट्यारिफ लागू भएमा फ्रान्सेली चीज, इटालियन छालाका उत्पादनहरू, जर्मन इलेक्ट्रोनिक्स र स्पेनी औषधिहरू महँगो हुनेछन्।
ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत ट्यारिफ (अतिरिक्त भन्सार मसहुल) लगाउने धम्की दिएपछि युरोपेली संघ (ईयू)ले प्रतिरोधात्मक कारबाही गर्ने विचार गरिरहेको छ । ईयूका व्यापार मन्त्रीहरूले सोमबार ब्रसेल्समा बैठक बसेका थिए ।
यसमा सबैले अमेरिकाले ईयूबाट आउने सामानमा लगाएको ३० प्रतिशत ट्यारिफ अस्वीकार्य भएको बताए । उच्च ट्यारिफले सरकार, कम्पनीहरू, उपभोक्ताहरूमा प्रतिकूल प्रभाव पार्न सक्ने सबैको भनाइ थियो ।
ईयू अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । यो विश्वको सबैभन्दा ठुलो व्यापारिक समूह पनि हो । ईयूका व्यापार प्रतिनिधि मारोस सेफकोभिकले ट्यारिफ मुद्दामा अमेरिकासँग वार्ता गरिरहेका छन् । अमेरिकाले मेक्सिकोमाथि पनि ट्यारिफ लगाएको छ । यो अगस्ट १ देखि लागू हुँदैछ ।
यो ट्यारिफ लाग भयो भने फ्रान्सेली चीज, इटालियन छालाका उत्पादनहरू, जर्मन इलेक्ट्रोनिक्स र स्पेनी औषधिहरू अमेरिकामा महँगो हुनेछ ।
यसले पोर्चुगल र नर्वेको अर्थतन्त्रलाई पनि असर गर्न सक्छ । यसको जवाफमा ब्रसेल्सले पनि अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको थियो । यो ट्यारिफ सोमबारबाट लागू हुँदै थियो । तर अहिलेको लागि यो स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण