बिग्रिएकै हो रणवीर सिंह र सञ्जय लीला भन्सालीको सम्बन्ध ?
सारांश
- रणवीर सिंह र सञ्जय लीला भन्सालीको सम्बन्ध बिग्रिएको हल्ला चलिरहेको छ।
- भन्सालीले 'लभ एण्ड वार' मा रणवीर सिंहलाई मुख्य भूमिका नदिएपछि मनमुटाव भएको बताइएको छ।
- रणवीर सिंहले दोस्रो मुख्य भूमिकाको प्रस्ताव अस्वीकार गरेपछि उक्त भूमिका विक्की कौशलले पाए।
नयाँ दिल्ली । रणवीर सिंह र सञ्जय लीला भन्सालीको जोडी बलिउडको सबैभन्दा धेरै रुचाइएको अभिनेता–निर्देशक जोडी मानिन्छ । तर यतिबेला यो जोडीको सम्बन्ध बिग्रिएको हल्ला चलिरहेको छ ।
यी दुईले यस अघि ‘गोलियों की रासलीला– रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा आफ्नो केमिस्ट्रीले दर्शकलाई मोहित गरेका थिए । यी फिल्मले बक्स अफिसमा त तहल्का पिट्यो नै अनगिन्ती अवार्ड पनि जित्यो । फ्यानहरू यो जोडीलाई फेरि एक पटक सँगै हेर्न चाहेका छन् । तर बलिउड कोरिडोरबाट आएका पछिल्लो खबरले दर्शकको मन दुख्ने निश्चित छ । खबरका अनुसार अभिनेता रणवीर सिंह र निर्देशक सञ्जय लीला भन्सालीको जोडी टुटेको छ ।
वरिष्ठ पत्रकार सुभाष के झाको रिपोर्ट अनुसार, रणवीर सिंह र सञ्जय लीला भन्सालीको बिचमा झगडा भएको थियो । भन्सालीले आफ्नो आगामी फिल्म ‘लभ एण्ड वार’मा रणवीर सिंहलाई मुख्य भूमिका नदिएपछि मनमुनाट भएको भनिएको छ । यो प्रोजेक्टमा रणवीर सिंहले मुख्य भूमिका पाउने अनुमान गरिएको थियो । तर त्यस्तो भएन । भन्सालीले रणवीर कपूरको सट्टा फिल्ममा रणवीरलाई कपूरलाई मुख्य भूमिका दिए ।
यस फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई कास्ट गरिएको छ । रिपोर्टका अनुसार, रणवीर सिंहलाई फिल्ममा दोस्रो मुख्य भूमिकाको प्रस्ताव गएको थियो । तर उनले यो अफर अस्वीकार गरे । त्यसपछि यो भूमिका विक्की कौशलले पाएको बताइएको छ । अहिलेसम्म सञ्जय लीला भन्साली र रणवीर सिंहले आपसी मनमुटावबारे भारतीय सञ्चार माध्यममा आइरहेका खबरमा कुनै आधिकारिक बयान दिइएको छैन ।
कामको कुरा गर्ने हो भने रणवीर सिंह अन्तिम पटक २०२३ मा आलिया भट्टको अपोजिटमा करण जोहरको ‘रकी और रानी की प्रेम कहानी’मा मुख्य भूमिकामा देखिएका थिए । २०२४ मा उनी रोहित शेट्टीको ‘सिंघम अगेन’मा क्यामियो भूमिकामा देखा परे । यतिबेला उनी आदित्य धरको एक्सन ड्रामा ‘धुरन्धर’मा काम गर्दैछन् । यस फिल्मको पहिलो लुक उनको जन्मदिनमा रिलिज भएको थियो । यस फिल्ममा सञ्जय दत्त, आर. माधवन, अक्षय खन्ना र अर्जुन रामपाल पनि छन् । यो फिल्म ५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण