शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

बुधबार, ३२ असार २०८२, ०० : ०१
बुधबार, ३२ असार २०८२

सारांश

  • युरोपेली संघका विदेश मन्त्रीहरूले गाजाको युद्धबारे इजरायल विरुद्ध कारबाहीबारे छलफल गरे, तर सदस्य राष्ट्रहरूबीच मतभेद कायमै रह्यो।
  • इयुले इजरायलले मानवअधिकार उल्लङ्घन गरेको निष्कर्ष निकालेपछि सम्झौता स्थगन, प्रतिबन्ध र हतियार प्रतिबन्ध लगाउने प्रस्ताव गर्यो।
  • गाजामा मानवीय अवस्था सुधारका लागि थप प्रवेश विन्दु खोल्ने र खाद्यान्न आपूर्ति बढाउने सहमति भए पनि वास्तविक सुधारका लागि अझै धेरै प्रगति आवश्यक छ।

बेल्जियम । युरोपेली युनियन (इयु) का परराष्ट्र मन्त्रीहरूले मंगलबार गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबिचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको छ ।

इयु विदेश नीति प्रमुख काया काल्लासले इजरायलले मानवअधिकारसम्बन्धी द्विपक्षीय सम्झौताको उल्लङ्घन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय प्रस्ताव गरे । ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसा–मुक्त यात्रा रोकिने जस्ता विकल्पहरू समावेश छन् ।

तर गाजामा भइरहेको विनाशप्रति बढ्दो असन्तुष्टिका बिच पनि इयु सदस्य राष्ट्रहरू इजरायलप्रति अपनाउने नीति विषयमा विभाजित छन् । कूटनीतिज्ञका अनुसार कुनै पनि निर्णय पारित गर्न आवश्यक पर्याप्त समर्थन जुट्न सकेको छैन ।

काल्लासले परराष्ट्र मन्त्रीहरूको बैठक अघि भने,“वार्ताको दिशा म भविष्यवाणी गर्न सक्दिनँ । तर हाम्रो ध्यान अहिले मानवीय अवस्थाको सुधारमा केन्द्रित हुनेछ ।”

गाजाको मानवीय अवस्था र हालैको सम्झौता

उक्त टिप्पणी काल्लासले इजरायली परराष्ट्र मन्त्री गिडेओन सारसँग गत बिहीबार गरेको सहमतिपछि आएको हो, जसअनुसार गाजामा थप प्रवेश विन्दु खोल्ने र खाद्यान्न आपूर्ति बढाउने निर्णय गरिएको थियो ।

गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन् । इजरायलले हमासविरुद्धको युद्धको क्रममा मानवीय सहायता अत्यधिक सीमित पारेको छ ।

“सीमा नाका खुल्दै गरेको, बिजुली पुनः जडान हुँदै गरेको, पानी आपूर्ति र थप मानवीय सहायता पुर्‍याउने प्रयासहरूमा केही सकारात्मक सङ्केत देखिएका छन्,” काल्लासले सोमबार बताए। तर उनले थने,“वास्तविक सुधार देखिन अझ धेरै प्रगति आवश्यक छ ।”

पछिल्ला तथ्याङ्क र द्वन्द्वको पृष्ठभूमि

युद्धको सुरुवात सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि भएको थियो, जसमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमासले अपहरण गरेका २५१ मध्ये ४९ जना अझै गाजामा छन्, जसमा २७ जनालाई इजरायली सेनाले मृत घोषणा गरिसकेको छ ।

गाजाको हमास–प्रशासित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५८ हजार ३८६ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय ठानेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप