ट्रम्पको ५० दिनको अल्टिमेटमबारे रुसले के भन्यो ?
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले प्रतिक्रिया जनाएका छन्।
- ट्रम्पले ५० दिनमा युद्धविराम नभए रुसमाथि कर लगाउने चेतावनी दिएका थिए।
- लाभरोभले ट्रम्प युरोपेली संघ र नेटोको दबाबमा रहेको र रुसले प्रतिबन्धको सामना गरिरहेको बताए।
मस्को । यदि ५० दिनमा युद्धविराम भएन भने रुसमाथि भारी कर लगाइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीप्रति रुसी विदेशमन्त्रीले प्रतिक्रिया दिएका छन्।
रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार विदेशमन्त्री सर्गेई लाभरोभले ५० दिनको समय दिएर ‘ट्रम्पले के भन्न खोजेको हो’ भनेर रुसले जान्न चाहेको बताएका हुन् ।
उनले भने, ‘५० दिनको यो भनाइको पछाडि के अर्थ छ? पहिले पनि २४ घण्टा र १०० दिनको समयसीमा दिइएको थियो। हामीले यो सबै देखेका छौँ र अमेरिकी राष्ट्रपतिको मनसाय साँच्चै बुझ्न चाहन्छौँ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै यदि ५० दिन भित्र युद्धविराम भएन भने रुसमाथि भारी कर लगाइने चेतावनी दिएका थिए।
लाभरोभले ट्रम्प युरोपेली सङ्घ र नेटोको दबाबमा रहेको दाबी गरेका छन्। युरोपेली सङ्घ र नेटोले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको मागलाई समर्थन गरिरहेको र उनलाई निरन्तर हतियार उपलब्ध गराइरहेको रुसको भनाई छ।
लाभरोभले रुसले पहिले नै 'अभूतपूर्व प्रतिबन्धहरू' को सामना गरिरहेको जानकारी दिए। उनले कुनै पनि नयाँ प्रतिबन्धहरूको सामना गर्ने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण