काठमाडौँ महानगरकाे अधिवेशन अन्त्य : बजेट सहित के–के पास भयो ?
सारांश
- काठमाडौं महानगरपालिकाको १७औँ अधिवेशन सम्पन्न भयो, जसमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरियो।
- अधिवेशनले आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन सहित पारित गर्यो, जसमा विभिन्न ९ वटा प्रस्तावहरू पनि समावेश थिए।
- नगर सभाले आर्थिक विधेयक, राजस्व विधेयक, र सम्पदा संरक्षण सम्बन्धी मापदण्ड लगायतका महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्यो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १७औँ अधिवेशन सम्पन्न भएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा असार २९ गतेदेखि सुरु भएको १७ औँ अधिवेशनको दोस्रो बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेट संशोधन सहित पारित गरेको छ ।
नगर सभाबाट के–के पास भयो ?
नगरसभाको कार्यसूचीमा रहेका ९ वटा प्रस्ताव र विविध विषयका प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित भएका छन् ।
पारित प्रस्तावहरूमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, काठमाडौँ महानगरपालिका विनियोजन विधेयक २०८२, काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक २०८२, लेखा समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, विकास तथा सुशासन समितिको प्रतिवेदन पारितभएका छन् ।
त्यस्तै न्यायिक समितिको प्रतिवेदन, काठमाडौँ महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौँ महानगरपालिका सम्पदा–मैत्री भवन संरक्षण तथा निर्माण मापदण्ड र सहुलियत कार्यविधि विधेयक २०८२ समावेश छन्। यी सबै प्रस्तावहरू नगरसभामा छलफलपछि सर्वसम्मत रूपमा पारित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण