शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शल्यक्रियापछि  बेलिङ्घम ६ हप्ता मैदानबाहिर रहने

बिहीबार, ०१ साउन २०८२, ०६ : ३५
बिहीबार, ०१ साउन २०८२

सारांश

  • रियल मड्रिडका मिडफिल्डर जुड बेलिङ्घमको काँधको शल्यक्रिया सफल भयो र उनी ६ हप्ता मैदान बाहिर रहनेछन्।
  • उनले रियलको प्रि-सिजन र सुरुवाती खेलहरू गुमाउनेछन्, साथै इंग्ल्याण्डको विश्वकप छनोट खेलहरूमा पनि सहभागी हुन पाउने छैनन्।
  • बेलिङ्घम बोरुसिया डर्टमुन्डबाट रियल आएका थिए र उनले पहिले ला लिगा र च्याम्पियन्स लिग जितेका थिए।

लन्डन । रियल मड्रिडका मिडफिल्डर जुड बेलिङ्घमको लामो समयदेखिको काँधको समस्याको सफलतापूर्वक शल्यक्रिया भएको छ। २२ वर्षीय खेलाडीले अब कम्तीमा ६ हप्ता मैदानबाहिर रहनुपर्नेछ। 

यस कारण उनले रियलको सम्पूर्ण प्रि-सिजन र सिजनको सुरुवाती खेलहरू गुमाउने छन्। साथै, सेप्टेम्बरमा हुने एन्डोरा र सर्बियाविरुद्धको इंग्ल्याण्डको विश्वकप छनोट खेलहरूमा पनि उनको सहभागिता हुने छैन।

बेलिङ्घमलाई सन् २०२३ मा रायो भालेकानोविरुद्धको खेलमा काँधको हड्डी खुस्केपछि यो समस्या सुरु भएको थियो। उनले आफ्नो काँधमा पट्टि बाँधेर खेल्दै आएका थिए र जुन महिनामा उनले पत्रकारहरूसँग ‘यस्तो पट्टि लगाएर खेल्दा थाकेको’ बताएका थिए। 

रियलले उनको शल्यक्रिया संयुक्त राज्य अमेरिकामा भएको क्लब विश्वकपपछि गर्ने योजना बनाएको थियो । प्रतियोगितामा रियल सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनसँग पराजित भएको थियो।

रियलका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा टोलीले अगस्ट १९ मा ओसासुनाविरुद्धको घरेलु खेलबाट आफ्नो ला लिगा सिजन सुरु गर्दैछ। क्लबले बेलिङ्घम अब पुनर्स्थापनाको प्रक्रियामा रहने र त्यसपछि मात्र प्रशिक्षणमा फर्कने जनाएको छ।

बेलिङ्घम दुई वर्षअघि १ सय १५ मिलियन पाउण्डमा बोरुसिया डर्टमुन्डबाट रियल आएका थिए। उनको पहिलो सिजनमा उनले ४३ खेलमा २३ गोल गर्दै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेका थिए। 

गत सिजन उनले ५८ खेलमा १५ गोल गरे । तर रियलले ला लिगाको उपाधि बार्सिलोनालाई सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप