केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै
बिहीबार, ०१ साउन २०८२, ०९ : २७
सारांश
- असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि केरूङमा १२०० नेपाली अलपत्र परेका छन्।
- चीन सरकारसँगको समन्वयमा, परराष्ट्र मन्त्रालयले उनीहरूलाई वैकल्पिक मार्गबाट फर्काउने व्यवस्था मिलाउँदैछ।
- केरूङमा रहेका नेपालीहरूको लागि चिनियाँ पक्षले भोजन र आवासको व्यवस्था गरेको छ।
रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।
केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण