लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
सारांश
- बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन्।
- विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ पर्नेमा गाँजा, खैरो हेरोइन, ट्रामाडोल र नाइट्रोसन लगायतका पदार्थहरू बरामद भएका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाही अघि बढाउनेछ।
काठमाडौँ । लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट लागुऔषधसहित ८ जना पक्राउ परेका हुन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट करिब ७ किलो ४ सय ७० ग्राम गाँजासहित सर्लाही घर भएका ५४ वर्षीय विरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना.५ ख ४८२२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रवीन्द्र पुडासैनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उता सुनसरीको धरान उपमहानगरपालिका–१५ भीषण पथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र नाइट्रोसन २ सय २० ट्याब्लेटसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही
उपमहानगरपालिका–५ देउराली घर भएकी २१ वर्षीया ज्योति राई, २६ वर्षीया नुमा लिम्बु र २३ वर्षीया सुजना राई रहेका छन् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै रौतहटको गौर नगरपालिका–१ बाट नाइट्राभेट १ हजार ८ सय ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजदेवी
नगरपालिका–८ लक्ष्मीपुर बस्ने २३ वर्षीय नितेशकुमार पंडित र ३२ वर्षीय पिन्टुकुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता उदयपुरको बेलका नगरपालिका–९ बरगाछीबाट ट्रामाडोल ७६ ट्याब्लेटसहित सोही नगरपालिका–८ लेम्लेमा बस्ने २१ वर्षीया रेजिना राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण