बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारी सम्बन्धी मुद्दा ५ हजार, मिलापत्र ५ सय

शुक्रबार, ०२ साउन २०८२, ११ : २५
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • श्रम मन्त्रालयमा वैदेशिक रोजगारी सम्बन्धी मुद्दाको चाङ लागेको छ, तर समाधान हुन सकेको छैन।
  • गत आर्थिक वर्षमा ४,९७५ उजुरी परेकोमा ५२८ मात्रै मिलापत्र गरियो।
  • अनुसन्धानपछि २१५ मुद्दा अदालतमा दायर गरियो र ३२ करोडभन्दा बढी क्षतिपूर्ति दिलाइयो।

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा  वैदेशिक रोजगारी सम्बन्धी मुद्दाको चाङ लाग्दा हल भने निकाल्न सकेको छैन । 

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा  कूल मुद्दा तथा अनुसन्धानको लागि ४ हजार ९ सय ७५ उजुरी प्राप्त भएको थियो । तर यसमध्ये ५२८  मात्रै मिलापत्र गराइएको छ ।

यस्तै विस्तृत अनुसन्धान पश्चात् २१५ वटा अदालतमा मुद्दा दायर गरिएको मन्त्रालयले  जनाएको छ ।  मुद्दा तथा अनुसन्धानबाट कूल ३२ करोड ८७ लाख ३७ हजार ४६५ रुपैयाँ क्षतिपूर्ति दिलाइएको मन्त्रालयले दाबी गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप