कमेडी च्याम्पियनका निर्माता भण्डारीको आरोप-साझेदारले कार्यक्रम धरापमा पारे
सारांश
- कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीले लगानीकर्ताले अन्याय गरेको आरोप लगाएका छन्।
- भण्डारीका अनुसार, लगानीकर्ताले सम्झौता विपरित २ करोड ४० लाख असुलेको र मानसिक यातना दिएको आरोप छ।
- विवादका कारण कम्पनीको आर्थिक अवस्था कमजोर भएको र सिजन ३ का विजेतालाई पुरस्कार दिन नसकिएको बताइएको छ।
काठमाडौँ । चर्चित रियालिटी शो कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीले आफ्नै कम्पनीका एक लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले नाम नखुलाई एक लगानीकर्ताले सम्झौताविपरीत २ करोड ४० लाख रुपैयाँ असुलेको र निरन्तर मानसिक यातना दिइरहेको खुलासा गरेका हुन्।
भण्डारीका अनुसार, करिब १९ महिनाअघि एक ति व्यक्तिले ३।५ करोड लगानी गरेर ३०५ शेयर किन्ने सम्झौतासहित कम्पनीमा प्रवेश गरेका थिए। तर, उनले सिजन ३ का लागि तत्काल आवश्यक १.५ करोड मात्र लगानी गरे। सम्झौतामा २४ महिनासम्म लगानी फिर्ता नलैजाने सहमति भए पनि सिजन ३ सकिनासाथ ती व्यक्तिले पैसा फिर्ताका लागि दबाब दिएको भण्डारीको आरोप छ।
भण्डारीले लेखेका छन्, 'राज्य प्रशासनमा भएको पहुँचको दुरुपयोग गर्दै उनले मेरै विरुद्ध बैंकिङ कसुरमा मुद्दा हालेर मलाई दबाबमा राखी २ करोड ४० लाख रुपैयाँ असुले।' भण्डारीले आफूले लगानीभन्दा बढी ९० लाख रुपैयाँ फिर्ता दिनुपरेको र सो रकमको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्।
यो विवादका कारण कम्पनीको आर्थिक अवस्था संकटमा परेको र 'कमेडी च्याम्पियन सिजन ३' का विजेतालाई घोषित पुरस्कार गाडी दिन नसकिएको तथा केही कर्मचारीको तलबसमेत रोकिएको उनले उल्लेख गरेका छन्।
अहिले दुवै पक्षबिच जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा विभिन्न मुद्दा चलिरहेको छ। भण्डारीले ती लगानीकर्ताले मुद्दाको पेसी सारेर, मिलापत्र गर्न नमानेर तथा कम्पनीको काममा निरन्तर अवरोध गरेर आफूलाई हैरान पारेको बताएका छन्।
उनले आफ्नो स्टाटसमार्फत सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिममा आश्रित १०० भन्दा बढी कलाकार तथा प्राविधिकको भविष्यका लागि न्याय र काम गर्ने वातावरणको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण