भियतनाममा पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु
आइतबार, ०४ साउन २०८२, ११ : ४२
सारांश
- भियतनाममा डुङ्गा दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ, खराब मौसमका कारण डुङ्गा पल्टिएको हो।
- उत्तरी भियतनामको हालोङ खाडीमा भएको दुर्घटनामा धेरै मानिस बेपत्ता छन्।
- उद्धारकर्मीहरूले ११ जनालाई जीवितै निकालेका छन्, तर भारी वर्षाले खोजी कार्यमा कठिनाइ भइरहेको छ।
हनोई । भियतनाममा पर्यटकले भरिएको एउटा डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । यो घटना उत्तरी भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको हो ।
यस घटनापछि धेरै मानिसहरू अझै बेपत्ता भएको खबर आएको छ । रिपोर्टका अनुसार अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए । उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै निकालिएको बताएका छन् ।
यद्यपि भारी वर्षाका कारण बाँचेकाहरूको खोजी गर्न कठिन भइरहेको बताइएको छ । पल्टिएको डुङ्गाको नाम वन्डर सीजर्भको र यसमा ५३ जना सवार रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण