सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित
आइतबार, ०४ साउन २०८२, १२ : ३६
सारांश
- सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरूले स्थानीय तह सेवा गठनसम्बन्धी ऐनको विरोध गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
- स्वास्थ्यकर्मीहरूले ऐनले विभेद र अन्याय गरेको भन्दै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सुधारको माग गरेका छन्।
- प्रदर्शनकारीहरूले समान स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने माग गर्दै सरकारसँग वार्ताको आह्वान गरेका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरुले स्थानीय तह सेवा गठन सम्बन्धी ऐनको विरोध गर्दै मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरुले यस ऐनले विभेद र अन्याय गरेको भन्दै विरोध जनाएका छन्।
उनीहरूले ऐनलाई नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि तत्काल सुधारको माग गरेका छन्।
प्रदर्शनकारीहरुले 'स्वास्थ्य अधिकार हाम्रो अधिकार, स्वास्थ्य संस्थाहरू खुल्नुपर्ने, नागरिकलाई समान स्वास्थ्य सेवाको पहुँच अनिवार्य गर्नुपर्ने' नारा लगाएका थिए।
सम्बन्धित निकायहरूले यो विषयमा छलफल गरेर सबै पक्षलाई ध्यानमा राख्दै समाधान खोज्नुपर्ने आवश्यकता रहेको भन्दै स्वास्थ्यकर्मीहरुले सरकारसँग वार्ता गर्नुपर्ने आह्वान गरेका छन्।
यद्यपि, यस विषयमा प्रदेश सरकारको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण