काजल उत्कृष्ट निर्णायक घोषित
आइतबार, ०४ साउन २०८२, १७ : १७
सारांश
- काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भइन्।
- अमेरिकाको क्यालिफोर्नियामा भएको प्रतियोगितामा उनले निर्णायकको भूमिका निर्वाह गरिन्।
- काजलले यसअघि अस्ट्रेलियन ओपन र वाटा ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेकी छिन्।
काठमाडौँ । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया जुलाई १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको थियो भने ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए । काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
२०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण